काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकार गरेका छन् । तर त्यसमा आफ्नो कुनै संलग्नता नभएको उनको दाबी छ ।

धनगढी विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले भने, ‘गोर्खा मिडिया लगायतका संस्थाहरुमा सहकारीबाट गलत ढंगले पैसा गएको स्थापित भएको कुरा हो ।’

Advertisement
Advertisement

तर त्यसमा आफ्नो संलग्नता नभएको उनको दाबी छ । आफू गोर्खा मिडियामा भएकै कारण अरुले गरेको बद्मासीको जिम्मेवारी लिनुपर्छ भन्ने नहुने उनले बताए । कसले बद्मासी गर्‍यो भनेर प्रहरी अनुसन्धानले देखाइसकेको भन्दै लामिछानेले भने, ‘त्यसमा मेरो संलग्नता छ कि छैन भन्ने जुन विषय हो, मैले लाभ लिएको हुनुपर्‍यो।’

उनले संसदको छानविन समितिले समस्या समाधान केन्द्रित भएर प्रतिवेदन दिन्छ भन्ने विश्वास व्यक्त गरे । लाखौं मानिस सहकारीबाट पीडित रहेको भन्दै उनले भने, ‘मलाई आशा छ, यसले निकास दिन सक्ने छ ।’

प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com