काठमाडौं। बिहिबार बिहानैदेखि बालेन साहकी श्रीमती सविना काफ्लेलाई फोन आएको आयै छ । कसैले छोरी पाएकोमा बधाई दिइरहेका छन् भने कसैले छोरी पाएको हो र भनेर सोधिरहेका छन् ।

काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएर मतगणनामा अग्रता हाँसिल गरेका बालेन शाहको छोरी जन्मिएको समाचार विभिन्न अनलाइन मिडियाले लेखेका छन्।

धेरैले बालेन र सविनालाई सामाजिक सञ्जालमा बधाई पनि दिइरहेका छन् । तर वास्तविकता भने बालेन साहको छोरी जन्मिएको नभई उनका दाजु कौशल साहको भने छोरी जन्मिएकी हुन् । त्यो पनि आज नभएर बुधबार दिउँसो छोरी जन्मिएकी हुन्।

प्रकाशित मिति: ५ जेष्ठ २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com