काठमाडौँ । सत्तारुढ नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)माथि ड्रग्सको नशाका सुरमा जे पायो त्यही अशिष्ट तथा छाडा कुरा लेख्ने गरेको आरोप लगाएका छन् ।

मेयर साहले नदी किनाराका बस्ती खाली गर्ने सम्बन्धी विवादमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर आरोप लगाउने क्रममा बुधवार अर्को लामो स्टाटस लेखेपछि बडालले प्रतिवाद गरेका हुन् । अध्यक्ष बडालले सर्वोच्चको फैसला पुनरावलोकनका लागि भ्याकेटको निवेदन लिएर जान पूर्ण पाठ आउनुपर्ने स्मरण गराउँदै जनतालाई दिग्भ्रमित पार्ने तथा मुख छाड्ने काम नगर्न चेतावनी दिएका छन् ।

Advertisement
Advertisement

बडालले वक्तव्यमार्फत भनेका छन्, ‘भ्याकेटमा जान पूर्ण पाठ आउनु पर्छ भन्ने कुरा बालेनले बुझ्न ड्रग्सको नशा उतारिनु पर्छ। महोत्तरीका बालेन्द्र साहजी, तपाईँ काठमाडौँको मेयर भएपछि अत्यन्तै अशिष्ट हुँदै जानुभएको छ । न त तपाईँलाई राजनीतिबारे केही थाहा छ, न शिष्टताबारे केही मतलब छ । काम माखो मार्ने होइन, स्रोत नखुलेको अरबौँ खर्च गरेर साइबर बुली चलाउनुभयो । जनतालाई दिग्भ्रमित पार्नुभयो, त्यसैको बलमा भत्काउने, बिगार्ने, मुख छाड्नेभन्दा अरू केही गर्न जान्नुहुन्न ।’

तपाईँको कला र साहित्य पनि उही अशिष्ट र घिनलाग्दो छ, ‘तेरो बाउ, मेरो बाउ’, ‘टिक्ने, टोक्ने, खोक्ने’, यस्तै यस्तै न हो १ आफू तेली साह भएर काठमाडौंमा थाहा नहोस् भनेर शाह लेख्नुहुन्छ ।आफ्नो सर्टिफिकेटमा नाम सच्याउन हिजो २: ३० बजे बैंगलोर उड्नुभयो । यता, काठमाडौंमा बबाली स्टाटस लेखेर भ्रम छर्नुभयो । अदालतको फैसलामा सरकार भ्याकेटमा जाने फैसलाको पूर्णपाठ आएको दुई महिनामा हो । फैसला अस्ति असारमा आएको हो भन्ने बुझ्न ड्रग्सको नशाबाट बाहिर निस्कन सुझाव छ ।’

प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com