काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीबारे दिएको विवादित अभिव्यक्तिको पार्टीलाई स्पष्टीकरण दिएका छन् ।

पार्टी महासचिव घनश्याम भूसालले चौधरीलाई २७ भदौमा तीन दिनभित्र लिखित स्पष्टीकरण सोधेका थिए ।

आइतबार स्पष्टीकरण बुझाउँदै चौधरीले बोल्ने क्रममा आफ्नो जिब्रो चिप्लिएको उल्लेख गरेका छन् । ‘मेरो आशय त्यस्तो होइन । म आफै रहेर संसदबाट पारित भएको चुच्चे नक्साविरुद्ध उभिने कुरै भएन, त्रुटि भएको भए क्षमयाचना चाहन्छु । म अखण्ड नेपालको पक्षमा छु र रहन्छु ।’

चौधरीले केही दिन पहिला कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भूभाग भारतको हक लाग्छ भन्ने अभिव्यक्ति दिएका थिए ।

चौधरीले स्पष्टीकरण दिएपछि उनलाई पार्टीले सफाइ दिने तयारी गरेको एक नेताले बताए।

प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com