काठमाडौँ । नेपाली काँग्रेसले रास्वपा सभापति रवि लामिछानेले सहकारी प्रकरणमा क्लीन चिट पाई नसकेको बताएको छ ।

आज सहकारी छानबिन संसदीय विशेष समितिको प्रतिवेदन सदनमा पेस भएपछि संसद भवन बाहिर प्रतिक्रिया दिँदै काँग्रेस प्रवक्ता डा. प्रकाशरण महतले गोर्खा मिडिया नै सहकारी ठगेको पैसाबाट चलेको पुष्टि भएको जिकिर गरे ।

उनले गोरखा मिडियाको सीईओ भएर रवि लामिछानेले सहकारी ठगीबाट आएको पैसाको तलब भत्ता खाएको पुष्टि भएकाले दोषी हुँदै होइनौँ भनेर घोषणा गर्नु गैरजिम्मेवारपूर्ण भएको बताए ।

प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com