काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको दावी गरेका छन्। सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रतिवेदनको पूर्णस्वरुप हेर्न नपाए पनि सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको छानविन समितिले स्पष्ट पारेको बताए।

गोर्खा मिडियामा लगानीकर्ताले ल्याएको स्रोत हेर्ने काम आफ्नो नभएको भन्दै उनले संस्थामा रहेको रकम एमडीको रुपमा आन्तरिक काममा खर्च गरेको उल्लेख गरे । लामिछानेले वास्तविक सहकारी ठगहरूलाई कारवाही गर्नबाट पछि हट्न नहुने बताए । आफू संस्थामा रहेका बेला संस्थाको रकम दुरुपयोग नभएको उनले दावी गरे।

त्यस्तै रास्वपाका अन्य नेताहरूले सहकारी हिनामिनाको आरोपमा रवि लामिछाने पूर्णरुपमा निर्दोश रहेको पुष्टि भएको धारणा राखेका छन् ।

प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com