काठमाडौँ —सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आठ वर्ष अघि आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरेको घटनाको विषयमा छानबिन गर्न  सभामुख अग्निप्रसाद सापकोटाले   सरकारलाई निर्देशन दिएका छन् ।                                                शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले उक्त घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेका थिए । सामाजिक सञ्जालमा एक युवतीले आफूमाथी भएको  बलात्कार को घटना सार्वजनिक गरेको उक्त विषय लाई लिएर थापाको उक्त मागका आधारमा सभामुख सापकोटाले सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका हुन्  ।                                                  नेपाली कांग्रेसका सांसद थापाले अभियोग लागेको व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सरकार समक्ष माग गरेका थिए । उनले बलात्कारको घटनाको हदम्याद बारे पनि पुनर्विचार गर्नुपर्ने पनि भन्दै फौजदारी संहिताको हदम्यादको व्यवस्था फेर्न पनि माग गरेका थिए । ‘यही संसद्‌बाट बनाएको बलात्कारसम्बन्धी कानुन हाम्रो फौजदारी संहिताको खासगरी हदम्यादसम्बन्धी विषयको सम्बन्धमा पुनर्विचार गर्न पनि सरकारलाई निर्देशन दिनका लागि सम्माननीय सभामुखलाई हार्दिक अनुरोध गर्न चाहान्छु ।’ उनले भने ।                                                     एक युवतीले केही दिनअघि सामाजिक सञ्जालमार्फत आफू ८ वर्षअघि सुन्दरी प्रतियोगिताको आयोजकबाट  बलात्कृत भएको घटना सार्वजनिक गर्दै घटनामा केही व्यक्तिहरूको संलग्नता रहेको कुरा पनि उल्लेख गरेकी थिईन् ।उक्त यौनहिंसासम्बन्धी विषयलाई लिएर सभामुख सापकोटाले  नेपाल सरकारलाई सत्यतथ्य छानबिन गरि दोसि लाई कारबाहिको दायरा मा लेराउन सरकार लाई निर्देश दिएका हुन।

प्रकाशित मिति: ६ जेष्ठ २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com