काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू पक्राउ पर्छु भनेर नडराएको बताएका छन् ।

मंगलबार फेसबुक लाइभ गर्दै लामिछानेले संसदीय छानबिन समितिले गरेको सिफारिस अनुसार कारबाही भोग्न तयार भएको बताएका हुन् । ‘म डराएको छैन, डराउँदिनँ । अस्ति पनि झोला बोकेरै आएको थिएँ’, उनले भने ।

गत ६ असोजमा गोर्खा मिडिया नेटवर्क मार्फत् भएको सहकारी बचत रकम अपचलनको आरोपमा छविलाल जोशी पक्राउ परेका थिए । जोशी पक्राउ परेपछि रास्वपा सभापति लामिछानेले आफूलाई पनि सरकारले पक्राउ गर्न सक्ने बताएका थिए ।

गोर्खा मिडियामा आएको रकम खर्च गरेको विषयमा भएको कारवाही सिफारिस आफूलाई मान्य भएको उनको भनाइ छ । लामिछानेले भने, ‘प्रतिवेदनले भन्यो– मैले सहकारीबाट ऋण लिएको छैन । त्यो आरोपबाट त म मुक्त भएँ । अब बोलिरहनु परेन । कार्यालयमा आएको पैसा खर्च गर्दा कुनै कानूनी कारवाहीको हकदार हुनुपर्छ भने म त्यसका लागि तयार छु ।’

प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com