एजेन्सी । भारतको बिहार प्रान्तको बेगुसराय जिल्लामा पत्रकार सुभाष कुमारको गोली हानी हत्या गरिएको छ। घटना हुँदा सुभाष आफ्नो गाउँमा आयोजित एक कार्यक्रममा सहभागी भएर घर फर्किरहेका थिए। 

घटनाको जानकारी पाउनासाथ घटनास्थलमा प्रहरी पुगेको थियो। उनीहरुले सुभाषको शवलाई कब्जामा लिएर पोस्टमार्टमको लागि पठाएका छन्। 

मृतक पत्रकार सुभाष आफ्ना आमाबुबाका एक्लो सन्तान थिए। उनी २० मे बेलुका गाउँमा नै आयोजित एक कार्यक्रममा सामिल हुन गएका थिए। मांगलिक कार्यक्रमबाट राती फर्कंदा उनलाई बाटोमा ढुकेर बसेका अज्ञात व्यक्तिहरुले गोली हानेका थिए। गोली सुभाषको टाउकोमा लाग्यो र उनी त्यहीं ढले। घटनास्थल पुगेका प्रहरीले उनलाई उपचारको लागि नजिकैको प्राथमिक स्वास्थ्यकेन्द्र लगेका थिए। त्यही उनलाई मृत घोषित गरिएको थियो।

हत्याराको खोजी भइरहेको र छिटै पत्ता लाग्ने प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: ७ जेष्ठ २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com