काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कान्तिपुरविरुद्ध रोष प्रकट गरेका छन्। सहकारीको बचत अपचलन प्रकरणमा पक्राउ परेका छविलाल जोशीको बयानको समाचार कान्तिपुरले छापेकोमा रविले त्यसको खण्डन गरेका हुन्।

कान्तिपुरले पटक-पटक गलत लेख्ने र माफी माग्ने गरेको भन्दै अहिले पुन: अर्को झुट समाचार लेखेको लामिछानेको दाबी छ। उनले सामाजिक संजालमा लेखेका छन्, ‘हिजो राति दिएको बयान हिजै कान्तिपुरले पाइसकेछ। आजै छापी पनि सकेछ। बयान पनि कस्तो ठ्याक्कै कान्तिपुरलाई चाहिएको जस्तै फेरि? संसदीय समितिमा छविलाल जोशीका बयानको मसी सुकेको छैन। महिना दिन अघिका ताजा बयान लिखित रूपमा सार्वजनिक छन्। कान्तिपुरको नियतबारे त मैले फेरि भनिराख्नु परेन। गलत लेख्ने फेरि माफी माग्ने, फेरि अफवाह लेख्ने , फेरि माफी माग्ने। मलाई कसरी फसाउन सकिन्छ भनेर रचिँदै गरेको षड्यन्त्रबारे  कान्तिपुरले आज Question Out गरेछ, सूचना चुहाएर हाम्रो आशंकालाई सही सावित गराएछ।’
आफूलाई सकाउन कान्तिपुरले पूरै शक्ति र सम्पति लगाएको लामिछानेको दाबी छ। उनले कान्तिपुरलाई प्रत्यक्ष बहसका लागि चुनौती पनि दिएका छन्। उनले भनेका छन्, ‘कान्तिपुरसँग कुरा गर्न आउँछु। आफ्ना भए भरका पत्रकार र प्रश्न ठिक पारेर राख्नु। सारा जनताले हेर्ने गरी तिम्रो प्राङ्गणमा  वा सार्वजनिक स्थानमा  LIVE गर्ने व्यवस्था गर्नु। परेको जिम्मा सरकारले र  कान्तिपुरले लियोस्। यो अत्याचारविरुद्ध  म लड्छु। यदि यसो होइन भने, सरकारले तुरुन्तै आज कान्तिपुरमा प्रकाशित समाचारको खण्डन गरोस् र भ्रम छर्ने कान्तिपुरलाई तुरुन्तै कारबाहीको दायरामा ल्याओस्। अब कान्तिपुरले मागेको माफीले मात्रै पुग्दैन।’

प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com