- सुशील बराल/आलेख
नेपालमा संविधान सभाको माग सर्वप्रथम संवत् २००७ सालमा भएको थियो । त्यतिबेला संविधान सभाको माग किन गरियो ? यो बुझ्न समग्र दक्षिण एशियालाई बुझ्नुपर्छ । भर्खर दोस्रो विश्वयुद्ध समाप्त भएको थियो । छिमेकमा भर्खर भारत र पाकिस्तान नयाँ रास्ट्र निर्माण भएका थिए । दुबै देशको संविधान बनाउन संविधान सभाले काम गर्दै थियो । यसै समय २००७ सालतिर काश्मिरको कारण भारत र पाकिस्तानको द्वन्द्व शुरु भयो। विक्रम संवत् २००७ अर्थात सन् १९५१ मा काश्मिरमा समेत संविधान सभाको गठन भयो । अर्थात दक्षिण एशियाको ठूलो भाग संविधान निर्माणमा केन्द्रीत थियो । यता इण्डियाभित्र रहेका ५५१ साना राज्यहरुलाई आफूमा विलय गर्ने अभियान चल्दै थियो । अङ्ग्रेज सत्तासँग नजिक रहेको नेपालका राणाहरु अङ्ग्रेज विना अनाथ जस्तै थिए। राणाहरु शासन सत्ता टिकाउन बलियो साहाराको खोज गर्दै थिए । भारतमै जन्मी हुर्केर उतै न्वारन भएको, इन्डियन काङ्ग्रेसको नेतृत्वसँग नजिक रहेर काम गरेको ‘अखिल भारतीय नेपाली काङ्ग्रेस ‘ इन्डियाबाट अङ्ग्रेजको फिर्तापछि नेपालको राणा शासन हटाउन लागि परे।
इन्डियन काङ्ग्रेस त्यसको नेतृत्व ( गान्धी-नेहरु) सँग काङ्ग्रेसहरु अत्यन्त नजिक थियो । राणाहरुसँग उनीहरुको सोझो सम्पर्क भएको थिएन । २००७ मा राणा विरोधी आन्दोलनले उग्र रुप लिँदैजादा राजा त्रिभुवन भारत पुगे । उतै राणा-राजा र काङ्ग्रेसको त्रीपक्षिय सम्झौता भयो । त्यस बेला भारतीय प्रधानमन्त्री नेहरु र गृहमन्त्री बल्लभभाई पटेलको बीचमा नेपाल मामिलालाई लिएर अन्तर्द्वन्द्व शुरु हुन्छ । पटेल नेपाललाई भारतमा गाभ्नुपर्छ भन्ने पक्षमा थिए ।
तत्कालका लागि काश्मिरका राजा हरि सिंहलाई गराएझैं कुनै सम्झौता तीन पक्ष ( राणा- राजा र काङ्ग्रेस) बीचमा गराउने भन्ने थियो । यस कार्यमा नेहरु अलिक हच्किए किनकि भर्खर स्वतन्त्र भएको मुलुकले अर्को स्वतन्त्र मुलुकमाथि त्यसरी कब्जा गर्दा त्यसको असर के पर्ला ? साथै काठमाडौंमा रहेका बेलायती, फ्रेन्च र अमेरिकन राजदूतावास नेपाललाई स्वतन्त्र रास्ट्रको मान्यता दिएर स्थापित भएका थिए । ती मुलुकसँग नेपालको आफ्नै स्वतन्त्र सम्बन्ध थियो । नेपाल कब्जा गर्दा यसले ल्याउने परिणाम इन्डियाको हितमा हुने छैन भन्ने कुरा नेहरुले पटेललाई सम्झाए । अन्त्यमा दुबै बीच एउटा समाझदारी भयो, काश्मिर भारतमा मिल्ने सम्झौता त्यहाँका राजासँग भएझैं त्यस्तो सम्झौता गर्नुपर्छ भन्ने माग नेपालको तर्फबाटै आओस । अन्तरास्ट्र र काठमान्डुमा रहेका राजदूतावासलाई जवाफ उसैले देओस् र आफूले केही बोल्नै नपरोस । यसका लागि उतै जन्मेहुर्केको काङ्ग्रेस पार्टीलाई संविधान सभाको माग राख्न लागाइयो । सम्झौता हुने बेलासम्म राणा, राजा र काङ्ग्रेस बीच भेटघाट र छलफल हुन इन्डियनहरुले दिएनन् । नेहरु र पटेलले आफूखुशी तयार पारेको सम्झौतापत्रमा सही भयो । उक्त समाझदारीमा सही गर्नुपूर्व राजा त्रीभूवनलाई छोरा महेन्द्रले ज्यादै सम्झाए, सतर्क रहेर काम गर्न सुझाएका थिए । तर राणा- राजा र काङ्ग्रेसबीचमा षडयन्त्रबीचमा सम्झौता भयो । विक्रम संवत् २००७ पछि इन्डियनको माग बमोजिम संविधान सभाको माग बारम्बार काङ्ग्रेसले उठायो । २००७ सालको सम्झौता र त्यसभित्रको षडयन्त्रलाई राजा महेन्द्रले पूरा बुझेका थिए । नेपालमा संविधान सभाको चुनाव होस्। त्यसैले नेपाल भारतमा विलयको निर्णय गरोस् भन्ने इन्डियन चहानालाई काङ्ग्रेसले बोकीरह्यो । तर महेन्द्रले त्यो योजनालाई विफल पार्दै गए । इन्डियन चाहना पूरा गर्न काङ्ग्रेस सत्ताभित्र र बाहिरबाट इन्डियन सेना नेपाल प्रवेश गराउने, नदीनाला बेच्ने अराष्ट्रिय कार्य गर्न थाल्यो । यही कुरा बुझेर हतारहतार राजा महेन्द्रले युएनको सदस्यता लिनु, रुस र चीनसँग सम्बन्ध बिस्तार, औधोगिकीकरणमा विशेष ध्यान, आफ्नो मुद्रा, शिक्षा प्रणालीको शुरुवात गरे । राजा महेन्द्रको हरेक कार्यमा इन्डियाले भाँजो हाल्ने कार्य गर्यो । राजा हुन्जेलसम्म संविधानसभाको माग पूरा हुन सकेनँ।
आफ्नो रणनीतिमा राजाहरुले अवरोध गरेको कुरा इन्डियाले कहिल्यै बिर्सेन र इख पालेर बस्यो । २०४७ पछि काङ्ग्रेस एमाले दुबै पश्चिमी प्रभावमा पुगे । त्यो मरिसकेको संविधान सभाको माग गर्ने पश्चिमी प्रभावमा पुगे । त्यो मरिसकेको संविधान सभाको माग गर्ने सामर्थ्य उनीहरुमा रहेन । यसै समयमा इन्डोपश्चिमा दुबैको सम्झौता भएर माओवादको आवरणमा त्यो माग फेरि दोहोऱ्याइयो । माओबादी युद्वले जे उपलब्धी भयो त्यो विदेशीको रणनीतिको उपज हो । २००७ पछि जे ल्याउन खोजिएको थियो २०६३ पछि नेपालको त्यही हो ।
तश्विरमा २०७२ को संविधान बनाउने व्यक्ति Yash Ghai को हो ।
जसले सन् २००७ मा UNDP को Constitution Advisory Committee को प्रमुख भएर नेपाल आएको र यसैले नेपालको सविधान २०७२ को ड्राफ्ट लेखिदिएको थिए । उनैले बनाएको संविधानलाई हाम्रा संसदले ताली बजाएर स्वागत गरे र हाम्रा संशोधन प्रस्ताव ख्यालै गरेनन् तिमीहरू त्यो सबिधनमा रमाउँदै छौ, जुन विदेशीले लेखिदिएको थियो ।
- बराल, विभिन्न सामाजिक तथा धार्मिक गतिविधिमा सक्रिय छन्।
प्रकाशित मिति: १० आश्विन २०८१, बिहिबार
प्रतिक्रिया