काठमाडौँ । निरन्तरको वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट पीडितको उद्धार र राहतका लागि सत्तारुढ कांग्रेसले ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । कांग्रेसले विपद् राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय लिएको हो ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विपद् राहत कोषमा रकम जम्मा गर्ने निर्णय लिएको हो । उक्त रकम सांसदहरूको १५ दिनको तलबबाट उपलब्ध गराउने कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसले विपद्जन्य घटनाप्रति दुःख व्यक्त गर्दै विपद्जन्य घटनाबाट बेपत्ता भएकाहरूको खोजी तीव्र पार्न र घाइतेको निःशुल्क उपचार चाँडो भन्दा चाँडो गर्न पनि सरकारसँग आग्रह गरेको छ । कांग्रेसले एक महिने संगठन परिचालन कार्यक्रम कोजाग्रत पूर्णिमासम्म स्थगन गरी पार्टी नेता र कार्यकर्ताहरूलाई उद्धार र राहतमा लाग्न आह्वान गरेको छ ।

प्रकाशित मिति: १३ आश्विन २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com