काठमाडौँ । काठमाडौं महानगरपालिकाले काभ्रेपलाञ्चोकका बाढी प्रभावित तीन वटा स्थानीय तहलाई २०/२० लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । बाढीजन्य विपदबाट पुगेको क्षति पुनःस्थापना तथा संकट व्यवस्थापन गर्न राहतका लागि महानगरले २०/२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने जनाएको हो ।

महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षता शुक्रबार बसेको महानगर विपद व्यवस्थापन समितिको बैठकले पालिकाहरूको कोषमा सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

काभ्रेका पनौती नगरपालिका, रोशी र वेथान चोक गाउँपालिकालाई उक्त रकम सहयोग गरिएको महानगर विपदव्यवस्थापन समितिका संयोजक प्रेम थापाले जानकारी दिए ।

महानगरले आन्तरिक क्षति व्यवस्थापन गर्दै संकटमा परेका पालिकालाई सहयोग उपलब्ध गराएको जनाएको छ । यसैगरी महानगरले आन्तरिकतर्फ आफ्नो भौगोलिक क्षेत्रभित्र भएको क्षतिको विवरण पठाउन वडाहरूलाई पत्राचार समेत गरेको छ ।

प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com