बाँके – बाँके को कोहलपुर नगरपालिकामा मेयरका रुपमा नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्य विजयी भएका छन् । ३५ वर्षीय आचार्य १४,१३४ मत प्राप्त गरी विजयी भएका हुन् ।                                          आचार्यका प्रतिस्पर्धी नेकपा एमालेका खिलप्रसाद भुसालले १२,२०५ मत प्राप्त गरे भने नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र न्यौपानेले ९,७२५ मत पाए ।                                    यसैगरी उपमेयरमा पनि नेपाली कांग्रेसकै संगीता सुवेदी ले १४,०७३ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी एमालेकी अस्मिताकुमारी थारुले १३,५१७ र नेकपा एकीकृत समाजवादीकी नारायणी वलीले ५,०४२ मत प्राप्त गरिन् ।

प्रकाशित मिति: ८ जेष्ठ २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com