काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारीले भेट गरेका छन्।

आइतबार काठमाडौं महानगरपालिकाको कार्यालय पुगेर राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारीले मेयर साहसँग भेट गरेका हुन् ।

भेटममा राजदूत अली अन्सारीले प्रमुख शाहको कार्यशैलीको प्रशंसा गरेका थिए । उनले कतारको विकासमा नेपाली नागरिकको सहयोग रहेको बताएका थिए ।‘कतारमा धेरै नेपाली छन् । हाम्रो विकासमा सघाइरहेका छन्। कतारीहरु पनि नेपालको विकासका लागि लगानी गर्न इच्छुक छन्,’ राजदूत अन्सारीले भने।

यस्तै प्रमुख मेयर साहले विश्वकप खेल सञ्चालन गर्न कतारमा निर्माण गरिएको रंगशालाको अन्तरराष्ट्रिय स्तरमा ख्याती रहेको बताए । उनले खेलजस्तै नागरिक स्तरमा तत्काल र प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमका लागि संयुक्त आयोजनामा कार्यक्रम गर्न सकिने मेयर साहको भनाइ थियो ।

भेटमा काठमाडौँ महानगरपालिका र दोहा नगरबीच भगिनी सम्बन्ध स्थापनाको सम्भावना, परस्पर हित र सहकार्यका विषयमा छलफल भएको महानगरले जनाएको छ ।

प्रकाशित मिति: २० आश्विन २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com