काठमाडौं । अबका निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने बताउँदै आएको नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा गठबन्धनको ढोका खोलेको छ।

सोमबार मातहतका निकायलाई परिपत्र पठाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरूङले यस्तो उल्लेख गरेका हुन्।

‘आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि एकल रूपमा चुनाव लड्ने तयारी गर्ने,’ परिपत्रको पहिलो बुँदामै भनिएको छ, ‘यसका साथै सत्तारूढ दल बाहेकका बाम–देशभक्त दलहरूसँगको सहकार्यलाई अगाडि बढाउन पहल गर्ने।’
सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले यसअघि नै एक्लै निर्वाचन लड्ने बताइसकेका छन्।

अहिले प्रतिपक्षमा रहेका दलहरूमध्ये नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग माओवादी निकट देखिन्छ।
रास्वपाले स्थानीय तहको चुनावमा जाने बताइरहेका बेला माओवादीको पनि यो परिपत्र आएको हो।

प्रकाशित मिति: २२ आश्विन २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com