काठमाडौँ । बाढी-पहिरो र डुबानले तहसनहस बनाएको बीपी राजमार्गमा भोलिदेखि सवारीसाधन सञ्चालनमा ल्याइने भएको छ ।

पूर्वी नेपालको सबैभन्दा महत्त्वपूर्ण रणनीतिक सडक बीपी राजमार्ग तहसनहस भएको थियो । भोलि बिहान १० बजेदेखि सहजरूपमा गाडी चलाउने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

बाढी-पहिरोले भत्केबिग्रिएको ठाउँमा कल्भर्ट बनाएर, ठाउँ-ठाउँमा खोला डाइभर्सन गरेर तत्काल सवारीसाधन निर्बाध चल्ने गरी सडक मर्मत गरिएको जनाइएको छ ।

रोशी र सुनकोशीको बाढीले काभ्रेको चौकीडाँडादेखि तल नेपालथोकसम्म विभिन्न ठाउँमा सडक क्षतविक्षत भएको थियो ।

बीपी राजमार्गको नेपालथोक-खुर्कोट सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर, केही ठाउँमा सुनकोसी नदीले कटान गरेर र कतै सडक भासिएर यातायात ठप्प भएको थियो ।

रोशी खोला र सुनकोसी नदीमा आएको बाढी-पहिरोका कारण सुनकोशी गाउँपालिका-७ कानढुङ्ग्री, वडा नम्बर १ को नेपालथोक, आँपघारी, भ्याकुरेखोला, बर्खेखोला, घ्याम्पेखोला लगायतका दर्जनौँ स्थानमा बाढी र पहिरोले राजमार्गलाई क्षतविक्षत बनाएको थियो ।

यातायात सञ्चालनमा आएपछि दशैँमा आउजाउ गर्ने यात्रुलाई सहजतासँगै अन्य वैकल्पिक सडकको सवारी चाप र जोखिमसमेत कम हुने मन्त्रालयको भनाई छ ।

प्रकाशित मिति: २४ आश्विन २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com