काठमाडौं । असोज ११ गते आएको बाढी पहिरोमा परेकाको उद्धारको काममा कमान्डर रहेका सशस्त्र प्रहरी बलका निरिक्षक (इन्स्पेक्टर) दिलबहादुर बडुवालको ज्वरोलगायतका कारण निभन भएको छ।

सशस्त्र प्रहरी अस्पताल बलम्बुमा सोमबार बिहान उनको निधन भएको हो। विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रेको पनौती नगरपालिका ५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन बेस स्थापना गरेको थियो । साउन ३ देखि उनी सोही बेसको कमान्डर थिए।

पछिल्लो पटक असोज ११ देखिको झरीले काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्धारका लागि उनको कमान्डमा टीम खटिएको थियो। सो बेसबाट काभ्रेको रोशी, भूमिडाँडा, बेथानचोक, नार्केबजार, मंगलटार, कालढुंगा, बाल्टिङलगायतका स्थानमा उनको कमान्ड परिचालित थियो।

दशैंको टिकाको दिन ज्वरोलगायतको बिरामका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो।

प्रकाशित मिति: २९ आश्विन २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com