काठमाडौं । नेपाली चलचित्र ‘१२ गाउँ’ लिक भएको छ । ‘समिर भट्ट फ्यान’ नामक युट्युब च्यानलमार्फत् चलचित्र ‘१२ गाउँ’ लिक भएको हो । उक्त च्यानलले चलचित्र ‘१२ गाउँ’ को हल प्रिन्ट युट्युबमा अपलोड गरेको देखिन्छ ।

अभिनेता विराज भट्टको चलचित्र ‘१२ गाउँ’ बडादशैंको फूलपातीका दिनबाट हलहरूमा लागेको थियो ।

चलचित्र ‘१२ गाउँ’ सँगै दिपकराज गिरीको ‘छक्कापञ्जा–५’ र जितु नेपाल अभिनीत चलचित्र ‘ज्वाईँ साहेब’ पनि फूलपातीबाटै प्रदर्शनमा आएका थिए ।चलचित्र ‘१२ गाउँ’ बाट अभिनेता विराज भट्टले छोरा समिरलाई ‘डेब्यु’ गराएका छन् ।

प्रकाशित मिति: २९ आश्विन २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com