काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै बलबुतामा पुनः निर्माण र पुनः व्यवस्थापनका कामहरु गर्ने बताएका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सीमित बजेटका बाबजुद सकभर मागेर भन्दा आफ्नै बलबुतामा पुनः निर्माण र पुनः व्यवस्थापनका कामहरु गर्ने बताएका हुन् ।

‘हामीसँग सीमित बजेट छ,’ उनले भने,‘सीमित बजेटका बाबजुद सकभर मागेर भन्दा आफ्नै बलबुतामा काम गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनः निर्माण र पुनः व्यवस्थापनको काम अघि बढाइने बताए।

प्रकाशित मिति: ३० आश्विन २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com