रुकुम पश्चिम-  रुकुम पश्चिम को मुसिकोट नगरपालिकाका नव निर्वाचित मेयर महेन्द्र केसीले शव जलाउने दाउरा नगरपालिका ले नै निशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार भइ निर्वाचित भएका मेयर केसीले पदभार ग्रहण गर्दै यस्तो निर्णयमा हस्ताक्षर गरेका हुन् ।                                                               मेयर केसीले पदभार ग्रहण गर्दै तीन वटा निर्णयमा हस्ताक्षर गरेका छन् ।पहिलो निर्णयमा उनले अघिल्लो सरकारले मर्ज गरेर बन्द गरेका नगरका केही विद्यालय तत्कालै सुरु गर्ने विषय मा हस्ताक्षर गरेका छन् भने निःशुल्क एम्बुलेन्स सेवा तथा नगर भित्रका गरिब तथा विपन्न समुदायका बिरामीलाई जिल्लाबाहिर रिफर गर्नुपर्ने अवस्था आएमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने पनि दोस्रो निर्णयमा उल्लेख गरिएको छ ।
त्यस्तै निर्णय ३ मा मुसिकोट नगरपालिका ३ मा रहेको मुग्लुखोला मा दाहसंस्कार का लागी चाहिने दाउरा नगरपालिका आफैंले उपलब्ध गराउने पनि उल्लेख गर्दै केसी ले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: ९ जेष्ठ २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com