काठमाडौँ । धरान उपमहानगरको कार्यवाहक मेयर तोकिएका वडाध्यक्ष लोकेन्द्रकुमार फागोले मेयरको कार्यकक्षभित्र टेबल कुर्सी राखेर कार्यवाहकको जिम्मेवारी वहन गर्न थालेका छन् । उपमेयरलाई बाइपास गरेर हर्क साम्पाङले कावा दिएका ११ नम्बर वडाध्यक्ष फागोले हिजोबाट कामकाज थालेका हुन् ।

मामा ससुरा नाता पर्ने वडाध्यक्ष फागोलाई जिम्मेवारी सुम्पिएर हर्क साम्पाङ श्रीमती र छोरासहित लन्डन उडेका छन् । हिजो साम्पाङको कार्यकक्षमा ताला थियो । आज भने ताला खोलेर फागो त्यही बसेर काम गरिरहेका छन् । केही सिफारिसहरूमा तोक लगाएको उनले बताए । उनले प्रमुख प्रशासकीयसँगको सल्लाहमा आफूले सिफारिसहरूमा तोक लगाउने काम गरिरहेको बताएका छन् ।

प्रकाशित मिति: १ कार्तिक २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com