काठमाडौं । दशैंको फुलपातीको दिनबाट रिलिज भएका तीन सिनेमाहरु ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’, र ‘ज्वाइँ साब’ ले आजबाट प्रदर्शनको दोस्रो हप्तामा पाइला चालेका छन् ।

पहिलो दिनको शो संख्या हेर्दा ‘छक्का पञ्जा ५’ ले देशभर झन्डै २५० शो पाएको थियो, जसमा क्यूएफएक्स मात्रले १०० भन्दा धेरै शो दिएको थियो । अहिले दोस्रो सातामा, क्यूएफएक्स चेनहरूमा ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ को शो बराबरीजस्तै ७१ मा झरेको छ।

‘१२ गाउँ’ ले पहिलो हप्तामा १३५ शो पाएको थियो भने दोस्रो सातामा प्रवेश गर्दै ‘छक्का पञ्जा ५’ लाई उछिनेर ८६ शो पाएको छ।

वसन्त निरौलाको निर्देशनमा बनेको ‘ज्वाइँ साब’ फिल्मले सुरुवातमा ९४ शो पाएको भए पनि, आज दोस्रो हप्तामा ८ शो मा झरेको छ ।

प्रकाशित मिति: १ कार्तिक २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com