चितवनको भरतपुर महानगरपालिकाको मेयरमा  माओवादी केन्द्रकी नेता रेनु दाहाल विजयी भएकी छिन् ।सत्ता गठबन्धनको तर्फ बाट मेयर कि उम्मेदवार रेनुले नेकपा एमालेका नेता विजय सुवेदीलाई १२,४४९ मतले पराजित गर्दै मेयर भएकी हुन्।                                                 उनले ५२०३० मत प्राप्त गरेकी छिन् भने नेकपा एमाले-राप्रपा गठबन्धनका उम्मेदवार एमालेका नेता विजय सुवेदीले ३९,५८१ मत प्राप्त गरेका छन् ।स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४,७२८ मत ल्याएका छन्।                                                   उता उपमेयरमा सत्ता गठबन्धनको तर्फबाट नै उम्मेदवार रहेका नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ५२८०३ मतसहित विजयी भए ।नेकपा एमाले राप्रपा गठबन्धन को तर्फबाट उपमेयर कि उम्मेदवार राप्रपाकी नेता हिमला गुरुङले ३०६१२ मत प्राप्त गरेकी छिन्।औपचारिक घोषणा भने हुन बाँकी नै रहेको छ।

प्रकाशित मिति: १० जेष्ठ २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com