काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकामा केशव स्थापितलाई मेयरमा उठाएर गल्ती भएको स्वीकार गरेकोछ।

स्थापितको शैली र उनीमाथि लागेको आरोपबारे उनले दिएका अभिव्यक्तिले पार्टीकै शाखमाथि दाग लागेको भन्दै एमाले नेताहरूले स्थापितकै कारण देशभरको मतमा समेत प्रभाव परेको बताउने गरेका छन्।

देशभर खुम्चिएको एमालेका नेताहरूले मीटूको आरोप लागेका स्थापितलाई रोक्न भन्दा पनि उनकै पक्षमा बोल्न थालेपछि मतदाता बिच्किएको निष्कर्ष निकालेका छन् । स्थापितलगायतका केहि उम्मेदवारको कारण एमालेप्रति नै मतदाता बिच्किएको निष्कर्षमा एमाले पुगेको छ ।

यस्तै राम्रो मतान्तरले जित्दै गरेकी काठमाडौंकी उपमेयरकी उम्मेदवार सुनिता डङ्गोललाई नै काठमाडौं महानगरको मेयर पदमा उठाउन सकेको भए पार्टीलाई फाइदा हुने निष्कर्ष निकालेको छ।

एमाले नेता कृष्णगोपाल श्रेष्ठलगायत एमालेका नेताहरुले सुनितालाई पार्टी प्रवेश नगराई मेयरमा स्वतन्त्र भएरै उठ्न दिएको भए पनि बालेनको भोट काटिएर केशव जित्न सक्ने निश्कर्ष निकालेका छन् ।

प्रकाशित मिति: १० जेष्ठ २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com