काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ रेकर्ड कायम गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

सोमबारको तुलनामा सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेर १ लाख ६५ हजार ९ सय रूपैयाँ कायम भएको छ । जुन अहिलेसम्मकै उच्च हो ।

यसअघि सोमबार तोलाको १ लाख ६५ हजार ६ सय रूपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड बनाएको थियो ।

यस्तै, आज चाँदीको मूल्यले पनि रेकर्ड कायम गरेको छ । सोमबारको तुलनामा तोलामा ५ रूपैयाँले बढेर चाँदी प्रतितोला २ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

जुन अहिलेसम्मकै उच्च मूल्य रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ६ कार्तिक २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com