कास्की । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा पोखरामा प्रदर्शन जारी छ । आन्दोलनमा पोखरावासीकै सहभागिता कम भएपछि रास्वपाले घर–घर पुगेर स्थानीयलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरिरहेको छ ।

रास्वपा नेताहरूले १० वटा छुट्टाछुट्टै समुह बनाएर पोखराका मुख्य–मुख्य बजारमा घरदैलो गरेका छन् । उपसभापति एवं सांसद डा.स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ, डा.तोसिमा कार्की, सविता गौतम, मनिष झा, रमेश प्रसाईँ लगायतले घरदैलोको नेतृत्व गरेका छन् । उनीहरूले सरकारको रवैयाविरुद्ध सडकमा निस्कन पोखरावासीलाई आह्वान गरेका छन्।

लामिछाने पक्राउको विरोधमा पोखरामा प्रदर्शनकारी घटे पनि प्रदर्शन जारी छ ।

 

प्रकाशित मिति: ७ कार्तिक २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com