कास्की– पोखरा महानगरपालिका मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापालई ६,०४५ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित भएका हुन् ।आचार्यले ५८,८९३ मत प्राप्त गरे भने थापाले ५२,८४८ मत पाएका छन् ।                                                 यस्तै, उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाट भन्दा ३,८८३ मत बढी प्राप्त गर्दै विजयी भएकी छिन् ।उनले ६०,५४६ मत प्राप्त गरिन् भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६,६६३ मत प्राप्त गरेकी छिन् ।                                                                 यस्तै राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ५,६९९ मत प्राप्त गरिन् भने मेयर पदमा राप्रपाका शंकर खरालले ५,६७४ मत प्राप्त गरे ।

Advertisement
Advertisement

प्रकाशित मिति: ११ जेष्ठ २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com