काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनमा एमालेको पराजयको प्रमुख कारण अन्तर्घात भएको बताए ।वैशाख ३०को स्थानीय तहको चुनावी परिणाम सार्वजनिक भएपछि पहिलो पटक बुधबार एमाले संसदीय दलको बैठकमा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।                                                    काँग्रेस, मा‌‌ओवादी तथा अन्य कुनै पार्टी मा नभएर एमालेमा अन्तर्घात भएको भन्दै यस विषयमा बृहत्‌रुपमा समीक्षा गरिनुपर्ने पनि उनले बताए । अध्यक्ष ओलीलाई उद्धृत गर्दै सांसद नवीना लामाले पनि चार-चार वटा महानगरपालिकामा एमालेले उपमेयरमा जितेको तर मेयर जित्न नसकेको भन्दै त्यसको कारण अन्तर्घात भएको बताइन् ।
सत्ता गठबन्धनले सत्ता दुरुपयोग गरेर चुनावी परिणाम लाई आफ्नो पक्षमा पारेको समेत अध्यक्ष ओलीले  कार्यक्रममा आरोप लगाएका छन् ।

प्रकाशित मिति: १२ जेष्ठ २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com