खोटाङ – पूर्व सांसद समेत रहेका माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईमाथि हातपात भएको छ ।
स्थानीय पूर्ण राईले मादक पदार्थ सेवन गरेको अवस्थामा राति साढे ९ बजे बुधबार राति आफ्नै गाउँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा मा कठालो समातेर आक्रमण गरेको पूर्वसांसद राईले बताए ।                                                  खाना खाएर सुत्ने तरखर गरिरहेका बेला नजिकै हो–होल्ला भएर हातपात हुन थालेपछि छुट्ट्याउने क्रममा राईमाथी आक्रमण भएको हो ।लछारपछार पार्दा उनको टाउकोमा चोट लागेको छ ।                                                                माओवादी नेता तथा कार्यकर्ताले भने निर्वाचनको परिणामलाई लिएर पूर्वसांसदमाथि आक्रमण भएको दाबी गर्दै पालिका तहको चुनावमा विजय जुलुस निकालिरहेको अवस्थामा बोत्तल हानेको आरोप उनिहरुको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com