काठमाडौं । सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा विरोध प्रदर्शन गरीरहेको छ ।

यसैबीच रास्वपाले शुक्रबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ । पोखरामा जनस्तरबाट सोचेजस्तो समर्थन नदेखिएपछि रास्वपाले काठमाडौंमा प्रदर्शन गर्ने जनाएको हो ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत शुक्रबार प्रहरीले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको थियो । रास्वपाले भने राजनीतिक पूर्वाग्रहका आधारमा लामिछानेलाई पक्राउ गरेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com