काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
बिहीबार लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहिबार
प्रतिक्रिया