काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी बचत रकम अपचलन मुद्दामा पक्राउ परेका रवि लामिछानेमाथि कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूको बैठकमा प्रधानमन्त्री ओलीले समान प्रकृतिको अपराधमा फरक निर्णय नहुने बताएका हुन् । ‘सहकारीमा जुन काम गर्नु भएको छ (रवि लामिछानेबाट), त्यस्तै प्रकृतिको अपराधमा अरूलाई जस्तो कारबाही भइरहेको छ, त्यस्तै हुन्छ’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले सुनाए ।

ती नेताका अनुसार रास्वपाका सभापति रवि लामिछानेको नाम नलिइकन सरकारले लिने निर्णयबारे प्रधानमन्त्री ओलीले ब्रिफिङ गरेका थिए । बैठकपछि जारी सात बुँदेको चौथो नम्बरमा रवि लामिछानेको विषय समावेश छ । वक्तव्यमार्फत सत्तारुढ दलहरूले रवि लामिछानेको पक्षमा भइरहेको सडक प्रदर्शनप्रति असहमति जनाएका छन् ।

प्रकाशित मिति: ९ कार्तिक २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com