काठमाडौं । ‘छक्कापञ्जा ५’ ले देशव्यापी प्रदर्शनको १७ दिनसम्म आक्रामक कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले तेस्रो शनिबारसम्म १८ करोड ५० लाख ग्रस कमाएको छ ।

फिल्मको कलेक्सनमा तेस्रो सप्ताहन्तमा गिरावट देखिएको छ । पछिल्लो शुक्रबार र शनिबार मात्र कमाइ ९० लाख रुपैयाँ रहेको वितरक मनोज राठीले बताए । ‘कलेक्सनमा गिरावट छ । तर तिहारको बिदा सुरु भएसँगै शो र अकुपेन्सीमा पुनः वृद्धि हुने हाम्रो अनुमान छ’ उनले भने ।

फिल्मले १४ दिनमा १७ करोड ६० लाख रुपैयाँ ग्रस कमाएको थियो । दशैंको फूलपातीमा रिलिज भएको अर्को नेपाली फिल्म ‘१२ गाउँ’ले पनि राम्रै कमाइ गरिरहेको देखिएको छ । तेस्रो सप्ताहन्तसम्म पनि विराज भट्ट निर्देशित फिल्मको कमाइ स्थिर देखिएको जनाइएको छ । समीर भट्ट अभिनित फिल्मले आधिकारिक कमाइ भने सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति: ११ कार्तिक २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com