डोटी – डोटीको सायल गाउँपालिका–१ तेलपारामा जीप दुर्घटना भएको छ ।दुर्घटनामा परि ८ जना घाइते भएका छन् ।        सायलबाट दिपायलका लागि छुटेकाे सुदूरपश्चिम प्रदेश ०१-००१ ज १३९४ नम्बरको जीप शुक्रबार  बिहान दुर्घटनामा परेकाे हाे । जीपमा १४ जना रहेको र ती  मध्ये ८ जना घाइते भएको बताईएको छ ।घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेकाे र दुवैलाई उपचारका लागि दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पताल लगिएको  तथा अन्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।
जीप चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रकाशित मिति: १३ जेष्ठ २०७९, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com