एक चर्चित मोडल को प्रेमी संग को अश्लिल भिडियो फेला पारेपछि एक गिरोहले ७ करोडको बार्गेनिङ गरेको छ ।बिग्रिएको ल्यापटप बनाउन जाँदा उक्त ल्यापटप मा भेटिएको अश्लिल भिडियो चोरी गरि उक्त गिरोह ले ७ करोड को बार्गेनिङ गरेको हो ।                                                               बार्गेनिङ गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ७ जनालाई पक्राउ गरेको छ ।
पीडित मोडल ल्यापटप बनाउन भनि सिनामंगलस्थित श्रवण कार्की र सुरज शर्मा नाम गरेका व्यक्ति को पसलमा जाँदा मोडलले बनाउन छोडेको ल्यापटप मर्मत गर्ने क्रममा अश्लिल भिडियो फेला परेपछि उक्त अश्लिल भिडियो लाई आफ्नो डिभाइसमा कपी गरि श्रवण र सुरज नाम गरेका ति व्यक्तिले पैसाको बार्गेनिङ गर्ने योजना बनाएको अनुसन्धान बाट खुलेको छ ।                                                  काठमाडौं सिनामंगलमा ल्यापटप मर्मतको काम गर्ने श्रवण कार्की, इन्स्योरेन्समा काम गर्ने चितवनको भरतपुर–११ घर भएका ३२ वर्षीय सुरज शर्मा ले एडभर्टाइजिङ एजेन्सीका सञ्चालक रहेका काभ्रेको तेमाल गाउँपालिका–३ घर भएका उमेश भण्डारी र करिब ६ महिना अघिसम्म एक अनलाइन टेलिभिजनको प्रोडक्सन मेनेजर रहेकी गुल्मी घर भएकी बर्षा खनाल उर्फ वसन्ता सहित ७ जनाको बीचमा छलफल गरि सो भिडियो मेटाउन ७ करोड माग्ने निष्कर्षमा पुगेको बताईएको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार उक्त बार्गेनिङ का आधारमा पैसा लिन आएको बेलामा उनिहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पत्रकारितामा आवद्ध बझाङ घर भएका धर्मराज थापा ,यसअघि पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा बम राखेको मुद्दामा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट रहेका कालिकोटका टेक विक र उदयपुरको त्रियुगा–१० घर भएका २१ वर्षीय सुजन आचार्य पनि छन् । सुजन आचार्य तिनै हुन् जो दुई वर्षअघि प्रहरीसँग मिलेर मकवानपुरमा हिरा लुटेको आरोपमा पक्राउ परेका थिए । तिनै सुजन आचार्य ले आफुलाई पत्रकार पनि रहेको दावी गर्दै प्रतिव्यक्ति १ करोड माग्दै ७ करोड नदिए भिडियो ‘भाइरल’ बनाउने धम्की दिएका थिए।
त्यसपछि पीडित मोडल प्रहरीकहाँ पुगेपछी छद्म भेषमा प्रहरी आफैंले बार्गेनिङको पैसा दिने भनेर जाँदा उनीहरु लाई बिहीबार काठमाडौंको ३२ पुतलीस्थित होटल द्वारिकाबाट पक्राउ गरिएको हो । आरोपीहरु विरुद्ध प्रहरीले आपराधिक लाभ बिरुद्धको कसुरमा अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com