काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले रवि लामिछानेलाई जस्तै आरोप लागेका काँग्रेस एमालेका नेताहरूलाई सरकारले उन्मुक्ति दिएको आरोप लगाएका छन् । बालुवाटारमा जारी प्रदर्शनलाई सम्बोधन गर्दै रवि लामिछानेलाई हिरासतमा राख्नुपर्ने कुनै कारण नभएको दाबी गरेका हुन् ।

उनले भने, ‘सरकारले प्रतिशोध राखेको भन्ने पुष्टि भइसकेको छ । त्यसको प्रतिवाद गरेका छौँ । उहाँलाई जस्तै आरोप लागेको काँग्रेसका उपसभापति धनराज गुरुङ, एमालेका नेता ऋषिकेश पोखरेललाई पनि आरोप लागेको छ । तर, उहाँहरूलाई सत्ताले बचाइराखेको छ । जीवी राईका सल्लाहकार त अहिले राष्ट्रपतिका सल्लाहकार छन् ।’

रवि लामिछानेलाई जस्तै आरोप लागेकाहरू सजिलै हिँडिरहेका भन्दै सत्ताको आडमा उन्मुक्ति दिन खोजे अस्वीकार्य हुने बताए । ग्राहीसँग समेत कुराकानी गरेका थिए । उनले विभागबाट प्रवाह सेवाबारे जानकारी लिएका थिए ।

प्रकाशित मिति: १३ कार्तिक २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com