काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सहकारी प्रकरणमा परेका नेतालाई छानबिन गर्न पाइँदैन भनेर जुलुस निकाल्ने पार्टीले सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् ।
चार्डपर्वको अवसरमा एमाले चितवनले मंगलबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमालेले पार्टीका कुनै पनि नेतालाई अनुसन्धान नगर भनेर आन्दोलन र जुलुस ननिकालेको तर नयाँ भनिएकाले यस्तो गरिररहेकामा विरोध जनाए ।
महासचिव पोखरेलले भने, ‘सहकारी प्रकरणमा एमाले नेतृत्वको सरकारले कसैलाई अन्याय गर्यो कि भन्ने लाग्नसक्छ तर व्यक्ति केन्द्रीत छानबिन नगरौँ भन्ने पार्टीले त्यस्तो गर्न सक्दैन ।’
प्रकाशित मिति: १३ कार्तिक २०८१, मंगलबार
प्रतिक्रिया