काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी (साम्बा) व्यावसायिक लिगका लागि फ्रान्स फर्किएकी छन् । फ्रान्सको व्यवसायिक क्लब एन अभान्टा गुएङ्ग्याम्पमा लिग खेलिरहेकी साम्बा बिहीबार बिहान त्यसतर्फ उडेकी हुन् ।

घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणका लागि स्वदेश आएकी साम्बा बंगलादेशसँग फाइनल खेल सकिएसँगै उनी युरोप लागेकी हुन् । उनलाई बिदाई गर्न एयरपोर्टमा एन्फाका कोही पनि उपस्थित थिएनन् ।

घरेलु मैदानमा बुधबार सम्पन्न फाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदै छैटौं पटक उपविजेता बनेको छ । भारतविरुद्धको तनावपूर्ण सेमिफाइनल खेलमा बराबरी गोल फर्काउँदै साम्बाले सनसनी मच्चाएकी थिइन् । साम्बाले च्याम्पियनसिपको समूह चरणमा भुटानविरुद्धको खेल गुमाएकी थिइन् । माल्दिभ्सविरुद्धको खेलमा भने साम्बा बेञ्चमा रहिन् ।

प्रकाशित मिति: १५ कार्तिक २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com