काठमाण्डाै – गणतन्त्र दिवस भोलि मनाइदै गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको कैद सजाय मिनाहा गर्ने भएकी छिन् ।                                         विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका नरबहादुर साँवासहित ५४७ जना , उमाकान्त पराजुलीसहित १६ जना,र खड्ग लिम्बुसहित २७१ जनालाई कैद माफी मिनाहा भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।                                 मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गतेदेखि ती कैदीको सजाय माफी गर्ने भएकी हुन् ।

प्रकाशित मिति: १४ जेष्ठ २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com