काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी विमानबाट ओर्लिदै गर्दा लडेर घाइते भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार उनको खुट्टा भाँचिएको छ।
बुधबार राति दुबईको अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने क्रममा यो दुर्घटना भएको र अधिकारीहरूको भनाइ अनुसार, खुट्टाको हड्डी भाँचिएको छ।
जरदारीलाई तुरुन्तै अस्पतालमा लगिएको थियो, जहाँ उनको खुट्कामा प्लास्टर लगाइएको र चिकित्सकले केही समय विश्राम गर्न सुझाव दिएका छन्।
प्रकाशित मिति: १६ कार्तिक २०८१, शुक्रबार
प्रतिक्रिया