काठमाडौं । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उपसभापति स्वर्णिम वाग्लेले भेटेका छन् । शुक्रबार साँझको भेटमा उनले लामिछानेलाई ‘एज अफ रिभोल्युसन्स’ पुस्तक पनि उपहार पनि दिएका छन् ।

पुस्तकमा उनले लेखेका छन्, ‘रविजी, तपाईंले आफ्नो असामान्य साहस प्रमाणित गरिसक्नुभएको छ। यो कठिन परिस्थितिलाई पार गर्न तपाईंसँग पर्याप्त दृढता र रणनीतिक धैर्यता होस् भन्ने कामना गर्दछौं। हामी तपाईंसँग छौँ। … सबै कुरा राम्रो हुनेछ।’

भेटपछि सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित ८० वटा सामान्य प्रश्नको बयान सकिएको, खासै नयाँ कुरा नआएको र रविमा मनोबल उच्च रहेको पाएको वाग्लेले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । ‘अर्को तीन वर्ष ओली-राणा-देउवाकै सेरोफेरोमा शासन चल्दा देशको के बेहाल हुने होला ? उहाँको यो प्रश्नको उत्तरमा फरिद जकारियाद्वारा लिखित नयाँ पुस्तक एज अफ रिभोल्यसन्स दिन पाएँ,’ उनले भनेका छन् ।

प्रकाशित मिति: १७ कार्तिक २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com