दाङ – दाङको बङ्गलाचुली गाउँपालिका–८ रानीखुट्टी जङ्गलमामा सिकार खेल्न गएको बेला गोली लागेर एक जनाको मृत्यु भएको छ।सिकार खेल्न बारुद भरिएको बन्दुक भिरेर हिँडेको बेला लमही–१ वसन्तपुरका २३ वर्षीय कालुराम घर्तीमगरको बन्दुक पड्किएर मृत्यु भएको हो ।                                                           सिकार खेल्न लस्करै हिँडेको बेला पड्किएर मृत्यु भएको प्रहरी कार्यालय लमहीका प्रमुख पुष्पराज थापाले जानकारी दिए ।उक्त घटनापछि ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही–१ वसन्तपुरका ४० वर्षीय जीवलाल घर्तीमगर, मृतकका दाइ २८ वर्षीय मीनबहादुर घर्तीमगर, दिलबहादुर घर्तीमगर ,४५ वर्षीय बुद्धिमान घर्तीमगर, ५० वर्षीय ओमबहादुर घर्तीमगर र खगेन्द्र घर्तीमगर रहेका छन् ।                                                पक्राउ पर्नेमा दुई जना अन्य नाबालक पनि रहेको बताईएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४ जेष्ठ २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com