काठमाडौं । पूर्वमन्त्री तथा गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)लाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगको आरोपमा दोषी ठहर गरेको छ।
मङ्गलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत पाटनको पूर्वनिर्धारित फैसलालाई कायम राखेको हो। उच्च अदालत पाटनले २०७८ सालमा मनाङेलाई ५ वर्षको कैद सजाय सुनाएको थियो।
२०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा मनाङे र उनको समूहका युवाहरूसँग सम्बन्धित ज्यान मार्ने उद्योगको मुद्दा दायर गरिएको थियो।
प्रकाशित मिति: २० कार्तिक २०८१, मंगलबार
प्रतिक्रिया