काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको संयोजन परराष्ट्र मन्त्री डा. आरजु राणाले गर्ने भएकी छन् । प्रधानमन्त्री र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्र मन्त्रीले भ्रमणको संयोजन गर्ने भएकी हुन् ।

दुई नेताको निर्देशनअनुरूप बनेको दुई दलीय संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजीकरण गर्ने निर्णय गरेको बताइएको छ ।

चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।

बैठकले कार्यदलको संयोजन आलोपालो गर्ने निर्णयसमेत गरेको छ जसअनुसार पहिलो एक महिना कार्तिक २१ देखि मंसिर २० सम्म नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गर्नेछन् ।

प्रकाशित मिति: २१ कार्तिक २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com