काठमाडौँ । चितवनको भरतपुर महनगरपालिका २९ सत्रकिलोमा एक बस र इलेक्ट्रिक हायसको एकआपसमा ठोक्किदा चार जनाको मृत्यु भएको छ।
मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको इलेक्ट्रिक हायस (नम्बर बा.प्र. ०६–००१ ज. ०२९८) र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बस (नम्बर बा.प्र. ०३–००१ ख. २८१२) आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको चितवन प्रहरीले पुष्टि गरेको छ।
प्रहरी प्रवक्ता डीएसपी भेसराज रिजालका अनुसार, दुर्घटनामा हायसमा सवार चार जनाको मृत्यु भएको छ। मृतकहरूमा गोर्खा जिल्लाको आरुघाट-१ मान्बु निवासी ४० वर्षीय राज बहादुर गुरुङ, नामथर वतन नखुलेकी अन्दाजी ४० वर्षीया एक महिला, र अन्दाजी ३०–३५ वर्षका दुई पुरुष रहेका छन्।
दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। जसमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी जानकारी दिएका छन्।
प्रकाशित मिति: २३ कार्तिक २०८१, शुक्रबार
प्रतिक्रिया