काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (शनिबार) पार्टी कार्यालय च:मति वनस्थलीमा बस्दैछ।
कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार, बैठकमा मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनबारे छलफल हुनेछ।
बैठकको अध्यक्षता उपसभापति डोलप्रसाद अर्यालले गर्नेछन। पार्टी सभापति रवि लामिछाने भने हाल कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन्। उनी सहकारी ठगीसम्बन्धी आरोपमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए।
प्रकाशित मिति: २४ कार्तिक २०८१, शनिबार
प्रतिक्रिया