काठमाडौँ । नेकपा माओवादी केन्द्रले वर्तमान संविधानलाई संशोधन गरेर थप अग्रगामी बनाउनुपर्नेमा जोड दिएको छ । वर्तमान सत्ता गठबन्धनले सरकारमा जानका लागि मात्रै संविधान संशोधनको कुरा गरेको पार्टीका प्रवक्ता अग्नि सापकोटाले टिप्पणी गरे ।

आज बसेको माओवादीका केन्द्रीय समिति बैठकपछि बोल्दै सापकोटाले संविधान संशोधन गर्ने हो भने अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने बताए ।

उनले भने, ‘सत्ता गठबन्धनले संविधान संशोधनलाई सत्तामा जानका लागि आवरण मात्र बनाएको थियो । अब हामी भन्छौँ, संविधान संशोधन गर्ने हो भने अग्रगमनको पक्षमा, जनताको अधिकार बढाउने पक्षमा हुनुपर्छ ।’

संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने सापकोटाको भनाइ छ । यस्तै, विषयगत विज्ञता भएका गैरसंसदहरुलाई मात्र मन्त्री बनाउनुपर्ने पक्षमा माओवादी रहेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति: २६ कार्तिक २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com