काठमाडौं । राष्ट्रिय पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेसँग छलफल गर्न रास्वपा सभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्ले जिल्ला प्रहरी कार्यालय कास्की पुगेका छन्।

हिरासतमा रहेका लामिछानेसँग यतिबेला दुबै सभापतिहरु छलफलमा रहेको रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाले जानकारी दिइन्।

लामिछानेलाई काठमाडौँबाट गत कात्तिक २ गते पक्राउ गरिएको थियो। आइतबार अदालतले उनलाई थप १३ दिनको म्याद थप्ने निर्णय गरेको छ।

 

प्रकाशित मिति: २६ कार्तिक २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com