काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपसभापति डीपी अर्याल, डा. स्वर्णिम वाग्ले र पार्टीका कार्यवाहक प्रवक्ता मनिषा झा बिच प्रहरी हिरासतमा बैठक सम्पन्न भएको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति वाग्लेले सरकारले लामिछानेलाई अनावश्यक रुपमा हिरासतमा राखेको आरोप लगाए। उनले भने, “राजनीतिक प्रतिशोधको रूपमा लामिछानेलाई हिरासतमा राखिएको हो। उहाँलाई न त भाग्ने आधार छ, न कुनै प्रमाण छ। अझ १३ दिन थप राखेर सरकारले प्रतिशोध लिएको हो।”

वाग्लेले पार्टीको केन्द्रीय समितिले आगामी आन्दोलनको रणनीति तय गर्ने जानकारी दिए। यस्तै, उपसभापति अर्यालले पार्टीले दोस्रो चरणको आन्दोलनको तयारी गरिरहेको र यसबारे पर्सिसम्म पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएका छन्।

सभापति लामिछानेलाई उद्धृत गर्दै उनले थपे, “सरकारले हिरासतबाट बाहिर राखेर अनुसन्धान गर्ने कुरा न मानेर, यो प्रतिशोधको भागको रूपमा रहेको छ।”

पार्टीका प्रवक्ता मनिषा झाले भने, सरकारको कार्यशैली लोकतन्त्रको अधिनायकवादी स्वरूपको रूपमा प्रस्तुत भएको बताए।

 

प्रकाशित मिति: २६ कार्तिक २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com